भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिडबिरुद्धको दोस्रो डोज खोप लिए

काठमाडौं, २६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिडबिरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । पहिलो खोप लिएको पाँच साता पछि आज विहानै दिल्लीस्थित एम्स अस्पतालमा पुगेर उनले दोस्रो डोज खोप लिएका हुन् ।

यसअघि उनले गत १७ फागुनका दिन सोही अस्पतालमा पुगेर कोभिडबिरुद्धको पहिलो डोज खोप लिएका थिए ।
विहीबार दोस्रो डोज खोप लिएको तस्बिर ट्वीटरमा सार्वजनिक गर्दै मोदीले भनेका छन्, ‘भाइरसलाई परास्त गर्ने एउटा बाटो खोप पनि हो । तपाईँ खोप लगाउन योग्य हुनुहुन्छ भने तत्काल आफ्नो नाम दर्ता गर्नुस र खोप लगाउनुस् ।’

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको छ । बुधबार मात्रै देशमा १ लाख २६ हजार नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *