काठमाडौँ उपत्यकामा १६३ सहित देशभर थपिए ३३९ जना कोरोना संक्रमित

- नेपाली हेल्थ


काठमाडौँ, २५ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १६३ सहित देशभर थप ३ सय ३९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा ७४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३२, भक्तपुरमा ५र ललितपुरमा २६ जना गरी १६३ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार १ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर ३ सय ३९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ रहेको छ । क्वारेनटिनमा ६५ जना रहेका छन् । गएको चौबिस घण्टामा थप दुईजनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।


Facebook Comment


थप समाचार