काठमाडौँ उपत्यकामा १४९ सहित देशभर थपिए २६० जना कोरोना संक्रमित


काठमाडौँ, २४ चैत । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १४९ सहित देशभर थप २ सय ६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा १ सय १३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०८, भक्तपुरमा ८ र ललितपुरमा ३३ जना गरी १४९ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७९ रहेको छ । क्वारेनटिनमा ६९ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *