चौविस घण्टामा थपिए २६६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु


काठमाडौँ, २३ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ६६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप चार जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ सय २ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जना गरी १३७ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ५ सय ३६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ६६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ । क्वारेनटिनमा ६४ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *