कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त

– डा. मंगल रावल

काठमाडौँ, २२ चैत । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा मंगल रावललाई नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटिले सिफारिस गरेका तीन जनामध्येबाट पहिलो नम्बरमा परेका डा रावललाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

‘हामी बालुवाटारमै छौँ भर्खरै पत्र प्राप्त भएको छ,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *