चौविस घण्टामा थपिए १७६ जना कोरोना संक्रमित, ११७ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, २२ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ७६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप १ सय १७ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ५६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ७६ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ । क्वारेनटिनमा ५७ जना रहेका छन् । चौविस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ ।


Facebook Comment


थप समाचार