नेपालमा १२ औं कलेजो प्रत्यारोपण सफल, छोरीले दिईन बाबुलाई कलेजो

कलेजो प्रत्यारोपणपछि सामुहिक तस्बिर खिचाउँदै चिकित्सक टोली

काठमाडौँ, २२ चैत । नेपालमा १२ औँ कलेजो प्रत्यारोपण भएको छ । शनिबार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ औँ कलेजो प्रत्यारोपण भएको हो । प्रत्यारोपणको १२ औँ नम्बरमा पर्ने भक्तपुरकै स्थानीय ४४ बर्षका पुरुष हुन् । उनलाई आफ्नी २५ बर्षीया छोरीले कलेजो दान गरेकी हुन् ।

केन्द्रका निर्देशक प्राडा प्रेम राज ज्ञवालीले आफूकहाँ कलेजोको छैटौँ प्रत्यारोपण भएको सुनाए । उनले देशमै सबैभन्दा बढी कलेजो प्रत्यारोपण गर्ने केन्द्र बनेको दावी गरे ।

हुन पनि त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म कलेजोको पाँचवटा प्रत्यारोपण भएको छ । यस्तै भरतपुरपुरस्थित चितवन मेडिकल कलेजमा एउटा प्रत्यारोपण भएको छ ।

निर्देशक डा ज्ञवालीले प्रत्यारोपणमा नेपाली चिकित्सक टोलीले अगुवाई गरेको बताए । तर ‘व्याक सपोर्ट’मा भने भारतस्थित म्याक्स अस्पतालको विज्ञ टोलीहरु थिए ।

‘प्रत्यारोपणमा केन्द्रका कलेजो टिमका डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेष्थेरिसियामा डा. आरती राई, डा. शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता सहभागी हुनुहुन्थ्यो । व्याक सपोर्टका लागि दिल्लीस्थित म्याक्स अस्पतालबाट डा. शलिन अग्रवालको नेतृत्वमा ५ -६ जनाको टिम आउनुभएको थियो,’ डा ज्ञवालीले भने ।

नेपालमा पहिलो पटक कलेजोको प्रत्यारोपण पनि सोही केन्द्रमा भएको थियो । डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टीमले २२ मंसिर २०७३ का दिन पहिलो प्रत्यारोपण गरेको थियो । त्यसबेला ३८ बर्षका बिरामी भाईलाई उनकी ४२ बर्षकी दिदीले कलेजो दान गरेकी थिइन ।

प्रत्यारोपणमा सघाउन त्यसबेला दक्षिण कोरियास्थित सामसङ हस्पिटलबाट डा डेभिन कोनको नेतृत्वमा १४ जनाको टोली आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *