मंगलबार थपिए १६७ जना कोरोना संक्रमित, ११५ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, १७ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय ४० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ६७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । क्वारेनटिनमा ५३ जना रहेका छन् । चौविस घण्टामा  थप ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।


Facebook Comment


थप समाचार