चौविस घण्टामा देशभर थपिए १४१ जना कोरोना संक्रमित, ८२ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, १६चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ४१ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा थप ८२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय २२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ४१ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३४१ रहेको छ । क्वारेनटिनमा ५६जना रहेका छन् । चौविस घण्टामा संक्रमित मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।


Facebook Comment


थप समाचार