काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप

136
Shares


काठमाडौँ, १६ चैत । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज कोरोनाबिरुद्धको खोप काठमाडौँ आइपुगेको छ । सो खोप आज बिहान ८: ४५ बजे नेपाल बायुसेवा निगमको वाइडबडी ए – ३३० विमानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।

गत १ चैतको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अनुदानमा दिन लागेको खोप स्वीकार गर्ने निर्णय गरेको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *