काठमाडौँ आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप


काठमाडौँ, १६ चैत । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज कोरोनाबिरुद्धको खोप काठमाडौँ आइपुगेको छ । सो खोप आज बिहान ८: ४५ बजे नेपाल बायुसेवा निगमको वाइडबडी ए – ३३० विमानबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो।

गत १ चैतको मन्त्रिपरिषदको बैठकले चीन सरकारले अनुदानमा दिन लागेको खोप स्वीकार गर्ने निर्णय गरेको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *