शनिबार देशभर थपिए ८५ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु


काठमाडौँ, १४ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ८५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । भने देशभरबाट थप ९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३७, भक्तपुरमा ५ र ललितपुरमा ८ जना गरी उपत्यकामा ५० जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७४५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८८ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *