विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण

1.2k
Shares

काठमाडौं, १३ चैत ।  नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शुक्रबार सम्पन्न परीक्षामा सहभागी भएका ३३० जनामध्ये १५५ जना मात्रै उत्तीर्ण भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विहान ११ बजे देखि दिउसो १ बजेसम्म भएको परीक्षामा कुनै अवान्चित गतिविधि नभएको बताए । उनले विभिन्न ३४ वटा विषयका चिकित्सकहरु लाइसेन्स परीक्षामा सहभागी भएको समेत जानकारी दिए ।

काउन्सिलले उत्तीर्ण भएका परीक्षार्थीले ३५ दिन भित्र विशेषज्ञ दर्ताका लागि अनलाइन आवेदन गर्नुपर्ने र आवेदन गरेको १५ दिन भित्र प्रमाणपत्र तयार हुने बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *