विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण

काठमाडौं, १३ चैत ।  नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शुक्रबार सम्पन्न परीक्षामा सहभागी भएका ३३० जनामध्ये १५५ जना मात्रै उत्तीर्ण भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विहान ११ बजे देखि दिउसो १ बजेसम्म भएको परीक्षामा कुनै अवान्चित गतिविधि नभएको बताए । उनले विभिन्न ३४ वटा विषयका चिकित्सकहरु लाइसेन्स परीक्षामा सहभागी भएको समेत जानकारी दिए ।

काउन्सिलले उत्तीर्ण भएका परीक्षार्थीले ३५ दिन भित्र विशेषज्ञ दर्ताका लागि अनलाइन आवेदन गर्नुपर्ने र आवेदन गरेको १५ दिन भित्र प्रमाणपत्र तयार हुने बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *