भारतमा एकै दिन थपिए ५३ हजार बढी कोरोना संक्रमित, अढाई सयको मृत्यु

नयाँदिल्ली, १२ चैत । देशमा दैनिक थपिने कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुग्न थालेको छ । बुधबार देशमा नयाँ संक्रमितको संख्या ५३ हजार ४१९ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २६ हजार ५७५ जना निको हुँदा २४९ जनाको ज्यान गएको छ ।

संक्रमण यो संख्या २३ अक्टोबर यताकै सबैभन्दा बढी हो । त्यसबेला एकै दिन ५३ हजार ९३१ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो चौविस घण्टामा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा फेला परेका छन् । यहाँ सोही अवधीमा १५ हजार ९८ जना ठिक भ एभने ९५ जना संक्रमितको ज्यान गएको छ ।

बुधबार मात्रै देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ५८८ ले बढेको छ । यो संगै देशमा सक्रिय संक्रमितको संख्या ३ लाख ९१ हजार बढी भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *