मोर्डन टेक्निकल कलेजका विद्यार्थीहरुले यसरी मनाए क्षयरोग दिवस

काठमाडौँ, ११ चैत ।  बुधबार विश्व क्षयरोग दिवस मनाउने क्रममा ललितपुरको सानेपास्थित मोर्डन टेक्निकल कलेजका विद्यार्थीहरुले भने नयाँ शैली अपनाएका छन् । कोरोना महामारीकाबीच स्वास्थ्य सावधानी अपनाउँदै उनीहरुले क्षयरोग सम्वन्धी जनचेतना अभिवृद्धि गर्न नयाँ शैली अपनाएका हुन् ।

कलेजका स्नातक तह जनस्वास्थ्य, फार्मेसी र ल्याव विषयमा अध्ययन्रत उनीहरुले उनीहरुले बुधबार विहानै देखि तयार गरेको पोष्टर तथा प्लेकार्ड बोकेर चक्रपथको फुटपाथमा छेउ लागेर उभिएका थिए । उनले बोकेको पोष्टर तथा प्लेकार्डमा क्षयरोग केहो ? कसरी नियन्त्रण गर्न सकिन्छ ? लागि हालेमा के गर्ने ? र सबै मिलेर क्षयरोग रोकौँ जस्ता सन्देश लेखिएको थियो ।

‘क्षयरोग अहिले पनि नियन्त्रणमा आएको छैन् । यसको लागि अझ् पनि जनचेतना जगाउन जरुरी छ । आम सर्वसाधारणलाई यस रोगबारे बुझाउन जरुरी छ । त्यसैले सडकमा हिड्ने आम सर्वसाधारण र सवारी साधनमा हिड्ने आम यात्रुबर्गलाई लक्षित गरि हामीले यसरी सन्देशमुलक पोष्टर तथा प्लेकार्ड बोकेर उभिएका हौँ,’ जनस्वास्थ्य कार्यक्रम संयोजक विश्वास सुवेदीले बताए । उनले आफूहरुको कार्यक्रम कोरोना कहरकैबीचमा भएपनि सामाजिक दुरी अपनाई सम्पन्न गरेको समेत बताए । उनले जनस्वास्थ्यका विभिन्न विषयमा जनचेतना अभिवृद्धि गर्नका लागि विभिन्न दिवसको सन्दर्भ पारेर यसैगरी रचनात्मक ढंगले कार्यक्रम ल्याउने जानकारी दिए ।

कलेजका प्रिन्सिपल गोविन्द अकेलाले जनस्वास्थ्यको मापदण्ड अपनाएर विद्यार्थीहरुले क्षयरोग नियन्त्रण सम्बन्धी कार्यका लागि टेवा पु¥याएको बताए । उनले अहिले पनि देशमा ६९ हजार नयाँ केश र बार्षिक १७ हजार बढीको मृत्यु हुने क्षयरोगलाई वेवास्ता गर्न नहुने भन्दै सरकार र सम्पूर्ण सरोकारवाला निकाय यसबारेमा चनाखो बन्नुपर्ने सुझाव दिए ।

स्टार अस्पतालको भगिनी संस्था मोर्डन टेक्निकल कलेजमा अहिले बीपीएस, बी फार्मेसी, बीएस्सी एमएलटी लगायतका विषयमा पढाई हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *