चौविस घण्टामा थपिए १४५ जना कोरोना संक्रमित, थप ९० जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, ११ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ४५ जना कोरोना भाइरस (-कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ९० जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय ४५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ । क्वारेनटिनमा ५२जना रहेका छन् । गएको चौबिस घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।


Facebook Comment


थप समाचार