हराएको वा हारेको छैन कोरोना

4.6k
Shares

डा. रामकृष्ण बराल

डा. रामकृष्ण बराल

हराएको वा हारेको छैन कोरोना
हामी बीच नै घुम्दै छ !
डराउनै छाड्यो मनुष्य
भिड भाडमा रम्दै छ !!

हराएको वा हारेको छैन कोरोना
नयाँ नयाँ उत्परिवर्तन गरेको छ !
डराउनै छाड्यो मनुष्य
मास्कै समेत छाडेको छ !!

हराएको वा हारेको छैन कोरोना
विदेशतिर यसले थप उचाई भरेको छ !
डराउनै छाड्यो मनुष्य
खोप लगाउनबाट समेत पर सरेको छ !!

हराएको वा हारेको छैन कोरोना
नयाँ डर र त्रास छरेको छ !
डराउनै छाड्यो मनुष्य
आफ्नै मनमानीमा चलेको छ !!

हराएको वा हारेको छैन कोरोना
नेपालमा केहि तल झरेको छ !
प्रण गरौँ सुरक्षित रहन
सुनौँ जस्ले पढेको छ र जस्लाई परेको छ !!

डा. बराल नेपाल एपीएफ अस्पतालमा कार्यरत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *