शनिवार देशभर थपिए ७९ जना कोरोना संक्रमित, ८२ जना डिस्चार्ज

- नेपाली हेल्थ


काठमाडौँ, ७ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ७९ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ८२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४२, भक्तपुरमा १ र ललितपुरमा १५ जना गरी उपत्यकामा ५८ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ६ सय ३७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९९८ रहेको छ । क्वारेनटिनमा ४७ जना रहेका छन् । गएको चौबिस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।


Facebook Comment


थप समाचार