देशभर थपिए ९७ जना कोरोना संक्रमित, ६६ जना डिस्चार्ज


काठमाडौँ, २७ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ९७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ९७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । गएको चौबिस घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *