प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोभिडबिरुद्धको खोप

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । पत्नी राधिका शाक्य सहित त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेको खोप केन्द्रमा पुगेर खोप लगाएका हुन् ।

उनीसंगै त्रिवि शिक्षण अस्पताल पुगेका अर्थ मन्त्री विष्णु पौडेल, परराष्टमन्त्री प्रदीप ज्ञवालीले पनि खोप लगाएका छन् । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने यसअघि नै खोप लगाइसकेका थिए ।

खोप लिएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई अहिलेसम्म कुनै असर नदेखिएको बताए । उनले सबैलाई खोप लिन समेत आग्रह गरे ।

सरकारले आजबाट देशभर ६५ बर्ष माथिका नागरिकलाई खोप लगाउने अभियानको शुभारम्भ गरेको छ । करीब १० दिन चल्ने यो अभियानमा १६ लाख बढीले खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजबाट ५५ बर्ष माथिका व्यक्तिलाई खोप दिइने भनिएको थियो । तर आवश्यकता अनुसार खोपको उपलव्ध हुन नसकेपछि ५५ बर्षबाट ६५ बर्ष पुर्‍याएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *