कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण आजबाट, ६५ बर्ष माथिकालाई खोप दिईंदै


काठमाडौँ, २३ फागुन । कोरोनाविरुद्धको दोस्रो प्राथमिकता परेकाहरुको पहिलो चरणको खोप अभियान आइतबार (आज)बाट सुरु हुँदै छ । यसअघि पहिलो प्राथमिकतामा रहेकाहरुको पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

आजबाट शुरु गर्न लागिएको यो अभियानमा ६५ वर्ष माथिकाले खोप पाउने छन् । १५ वटा हिमाली जिल्ला र हिमाली भेगमा भने आजैबाट ५५ बर्ष माथिकाले खोप पाउने छन् ।

आजको यो अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले खोप लगाएर गर्ने छन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाउँदै छन् ।

यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । यो संख्या १६ लाख बढी भएको बताइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख झलक गौतमका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । त्यसका लागि १६ हजार बढी स्वास्थ्यकर्मी परिचालित हुँदैछन् ।

हरेक दिन साढे दुई देखि तीन लाख जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।  डा गौतमले करीव १० दिनमा ६५ बर्ष माथिकालाई खोप दिएर सक्ने योजना रहेको सुनाए ।

नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप दिँदै आएको छ । यो खोपलाई विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *