सांसद र कर्मचारीसहित ९७२ जनाले लगाए कोरोनाबिरुद्धको खोप

काठमाडौँ, २० फागुन । संघीय संसदका दुबै सदनका सांसद तथा कर्मचारीहरुका लागि सुरु भएको कोरोनाबिरुद्धको खोप कार्यक्रममा हिजो र आज गरी जम्मा ९७२ जनाले खोप लगाएका छन् ।

कार्यक्रमको पहिलोदिन बुधबार ४८२ जनाले खोप लगाएका थिए भने दोस्रो दिन बिहीबार ४९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

जसमा आज ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।

संसद सचिवालयले बुधबार देखि संघीय संसदका दुबै सदनका सांसदहरुलाई कोभिड १९ बिरुद्धको खोप लगाउने व्यवस्था मिलाएको थियो । उसले सचिवालयमा कार्यरत सबै कर्मचारी, संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकार र त्यससंग सम्वन्धीत सवारी चालक, सांसद तथा मन्त्रीका अंगरक्षकसहित लगायत खोप लगाउने व्यवस्था मिलाएको हो ।

खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाउने व्यवस्था छ । सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबार (फागुन २१) सम्म खोप कार्यक्रम जारी रहनेछ।

सांसदहरुको लागि खोप अभियान सकिएपछि सरकारले आगामी २३ फागुन देखि ५५ बर्ष माथिका व्यक्तिलाई खोप दिने तयारी पनि गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *