आगामी बुधबार देखि तीन दिन सांसदले खोप लगाउने पालो

काठमाडौँ, १७ फागुन ।  संसद सचिवालयले बुधबार देखि संघीय संसदका दुबै सदनका सांसदहरुलाई कोभिड १९ बिरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । उसले सचिवालयमा कार्यरत सबै कर्मचारी, संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकार र त्यससंग सम्वन्धीत सवारी चालक, सांसद तथा मन्त्रीका अंगरक्षकसहित लगायत खोप लगाउने व्यवस्था मिलाएको हो ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार खोप बुधबार देखि तीन दिन ( १९, २० र २१ फागुन) का दिन विहान १० देखि अपरान्ह ४ बजेसम्म निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाउने व्यवस्था मिलाइएको छ । ‘यो तीन दिनमा सबै गरेर हामीले १ हजार ५०० जतिलाई खोप दिनुपर्छ भन्ने अनुमान गरेका छौँ,’ डा पाण्डेले भने ।

उनले खोप एैच्छिक भएको स्पष्ट पारे । ‘खोप अनिवार्य होइन लगाउन चाहनेका लागि यो अवसर हो,’ डा पाण्डेले भने ।

उनले संसद भित्र स्यानिटाइजर, मास्क, तापक्रम हेर्ने र दुरी कायम गरी सतकर्ता अपनाउने कार्यलाई निरन्तरता दिइने समेत स्पष्ट पारे ।
सरकारले आगामी २३ फागुन देखि ५५ बर्ष माथिका व्यक्तिलाई खोप दिने योजना अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *