देशभर थपिए ७८ जना कोरोना संक्रमित, ८२ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, १६ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ७८ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ८२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ७८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ सय ६२ रहेको छ । क्वारेनटिनमा ६८ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप १ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७४ पुगेको छ ।


Facebook Comment


थप समाचार