राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको कर्णाली प्रदेश भेला सम्पन्न

सुर्खेत, १५ फागुन । नेकपा (ओली समूह) नजिक मानिने राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको कर्णाली प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । सुर्खेतमा शनिबार आयोजित भेलालाई सम्वोधन गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत आइपुगेका थिए ।

यस्तै उक्त भेलालाई नेकपा स्वास्थ्य सम्बद्ध संघ संगठन विभाग प्रमुख सुजीता शाक्य, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका उपाध्यक्षहरु राम बहादुर चन्द, रामहरि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले भीमराज सिंह संयोजक, तुलसी अधिकारी सह संयोजक, सुशील शाही सचिव रहेको ५१ जना सदस्य रहेको नयाँ प्रदेश कमिटी गठन गरेको छ ।

पछिल्लो समय नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा दुई समूहमा विभाजित देखिएपछि त्यसका पेशागत संगठन पनि विभक्त भएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ओली पक्षले संगठन विस्तारमा तिब्रता दिएको छ ।

आजको भेलामा २५० बढी स्वास्थ्यकर्मीमो सहभागिता रहेको आयोजकले जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *