१३ चिकित्सक र ७ जना स्वास्थ्य पत्रकार सम्मानित

काठमाडौँ, १५ फागुन । स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् ।  स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रालिले आफ्नो नवौँ बार्षिकोत्सवको अवसर पारी स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारलाई सम्मान गरेको हो ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्ट अवार्ड २०७७ बाट १३ जना स्वास्थ्यकर्मी र ७ जना स्वास्थ्य पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा स्वास्थ्यकर्मी तर्फ प्रदेश १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य रहेका छन् ।
यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्टलाई सम्मान गरिएको छ ।

यसैगरी युवा चिकित्सक तर्फबाट मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा. सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि सम्मान गरिएको छ ।

यता कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छा कामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बनेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंह, विशिष्ठ अतिथि पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेटवर्कका अध्यक्ष सन्दिपकुमार श्रेष्ठले संयुक्त रुपमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य पत्रकारहरुलाई सम्मान गरेका थिए । सो अवसरमा बोल्दै कांग्रेस नेता श्रेष्ठले स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । उनले राज्यले गर्नुपर्ने सम्मान मिडियाले गरेको भन्दै नेटवर्क प्रति बधाई दिए ।

आयोजक स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष श्रेष्ठले अशल काम गर्न थप हौसला होस भन्ने हेतुले स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारलाई सम्मान गर्ने परम्परा थालेको बताए । उनले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी चिकित्सक र स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *