देशभर थपिए ८१ जना कोरोना संक्रमित, ६२ जना संक्रमणमुक्त
काठमाडौँ, १५ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ८१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ८ सय २४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८१ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९६७ रहेको छ । क्वारेनटिनमा ६२ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप २ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७३ पुगेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com