देशभर थपिए ११२ जना कोरोना संक्रमित, ५४ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, १४ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ५४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ९ सय ४४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप १ सय १२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । क्वारेनटिनमा ७१ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप ४ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७१ पुगेको छ ।


Facebook Comment


थप समाचार