दुई लाख रुपैयाँ घुस लिएको आरोपमा औषधि व्यवस्था विभागका कर्मचारी पक्राउ


बिराटनगर, १४ फागुन । सेवाग्राहीसंग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको छ ।

एक जना सेवाग्राहीसंग सिल भएको फार्मेसी पसल खोलिदिने गरी जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले मागेको राय पठाइदिन्छु भन्दै उनले घुस मागेका थिए ।

सोही सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसंग घुस लिइसकेको अवस्थामा रकम सहित पक्राउ गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *