देशभर थपिए ११२ जना कोरोना संक्रमित, ८४ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, १३ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ८४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ४ सय ११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय १२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ सय ७० रहेको छ । क्वारेनटिनमा ६६ जना रहेका छन् । चौबिस घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भने प्राप्त मृत्युको संख्या ८३ रहेको छ । यो संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।


Facebook Comment


थप समाचार