बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

60
Shares


ढाका, १२ फागुन । बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय मङ्गलबार गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, “बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड–१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।”

बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ ।

बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।

बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ४४ हजार ११६ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने आठ हजार ३७४ जनाको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *