चौविस घण्टामा देशभर थपिए ८८ जना कोरोना संक्रमित, १३६ जना संक्रमणमुक्त


काठमाडौँ, ८ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ८८ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । जसमा महिला ३१ र पुरुष ५७ जना रहेका छन् । यही अवधिमा देशभरबाट थप १ सय ३६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ५४ जना थपिएका छन् । जसमा १७ जना महिला र ३७ जना पुरुष रहेका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ४८जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख ३६ हजार ३ सय ९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । जसमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५१ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३५ रहेको छ । क्वारेनटिनमा ७१ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ५४ र भेन्टीलेटरमा १० जना उपचाररत छन् । गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *