बहुआयामिक स्वास्थ्यसेवा दिलाउने गरी काम गर्छौं : मन्त्री केसी


कर्णाली, ८ फागुन । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालबाट बहुआयामिक सेवा दिलाउने गरी काम गर्ने बताएकी छन् ।

अस्पतालमा आयोजित छलफल कार्यक्रममा मन्त्री केसीले बहुआयामिक सेवाप्रवाह गर्न र कर्णालीका जनतालाई नेपालगञ्ज, काठमाडौं जानुपर्ने गरी सेवा दिन स्तरवृद्धि गरिने बताइन् । प्रदेश अस्पतालमा भएका बाधा हटाएर हिड्ने कुरालाई सहजिकरण गर्दै उपकरणको तीर्ने पैसा मात्र नभएर थप्ने कुरामा पनि ध्यान दिइएको उनको भनाइ थियो । “प्रदेश अस्पतालको स्तरोन्नति गरौँ । सबैले सुर्खेत अस्पतालबाट सेवा लिन पाउने गरी यसको विकासमा लागौँ,” उनले भनिन्, “प्रदेश सरकार तपाईको साथमा छ । निर्धक्कका साथ काम गर्न आग्रह गर्दछु ।”

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सरकारले दरबन्दी सृजना गर्ने, सेवा विस्तार र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रोत्साहनको व्यवस्थापन गर्न सुझाए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिगत भन्दा अहिले सेवा राम्रो भएको यद्यपि अब मोबाइल एप्सबाट सेवाग्रहीले स्वास्थ्य सेवा पाउने गरी अस्पतालले अघि बढ्नुपर्ने सुझाव दिए । अस्पतालका निर्देशक डा डम्बर खड्काले अस्पताललाई राजनीतिक थलो बनाउन खोज्दा अपेक्षित सफलता हाँसिल नभएको बताए । स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेर सिटीस्क्यान ल्याइएको जनाउँदै उनले भने, “अत्याधुनिक सामग्री थन्क्याउन ल्याइएको होइन, तीनसय शैययामा प्रयोग गर्ने र कर्णालीका जनतालाई सेवा दिन हो ।”

निर्देशक डा खड्काले अस्पतालमा ३२५ जनाको दरबन्दी भएपनि काम गर्ने जनशक्ति ८७ जना रहेको र विकास समितिका कारण अझ बढी बाधा भएको बताए । एक÷दुई जनाका कारण चालु आवको साउन १ गतेबाट आर्थिक कारोबार रोकिएको समेत निर्देशक डा खड्काले गुनासो गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *