देशभर थपिए ९७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु


काठमाडौँ, ७ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ९७ जना कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । यही अवधीमा थप तीन जनाको मृत्यु भएको छ । भने देशभरबाट थप १ सय १४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३४ जना थपिएका छन् । जसमा १४ जना महिला र २० जना पुरुष रहेका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ९ सय ३१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख ३४ हजार २ सय ६१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । जसमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ । क्वारेनटिनमा ६८ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६० र भेन्टीलेटरमा ११ जना उपचाररत छन् । त्यसैगरी नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *