बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुग्यो


काठमाडौैँ, ७ फागुन । बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।  बागमती प्रदेश सामााजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै हालसम्म १ हजार ४ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।

गएको चौबिस घण्टामा २ हजार ९ सय १८ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ५४ जना नयाँ सक्रमित थपिएका छन । यही अवधीमा ६८ जना निको भएका छन । भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७६ रहेको छ ।

त्यसैगरी हालसम्म संस्थातग आइसोलेसनमा ८ सय ८४, आइसीयूमा २७, भेन्टीलेटरमा ७ जना उपचाररत छन् । भने होम आइसोलेसनमा ३ सय ३२ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *