देशभर १०५ जना कोरोना संक्रमित थपिए, ९९ जना निको भए


काठमाडौँ, ४ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ९९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४७ जना थपिएका छन् । जसमा काठमाडौँमा ३७, ललितपुरमा ६ र भक्तपुरमा ४ जना गरी ४७ जना थपिएका हुन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ६० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख २३ हजार ९ सय ५१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८७ रहेको छ । क्वारेनटिनमा ७४ जना रहेका छन् । त्यसैगरी आइसीयूम ६३ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *