देशभर १२२ जना कोरोना संक्रमित थपिए, १४४ जना निको भए


काठमाडौँ, ३ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २२ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ४४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौैँ उपत्यकाका तीन जिल्लामा ७३ जना थपिएका छन् । जसमा काठमाडौँमा ६०, ललितपुरमा १० र भक्तपुरमा ३ जना गरी ७३ जना थपिएका हुन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख २० हजार ५ सय ९१ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ रहेको छ । क्वारेनटिनमा ७९ जना रहेका छन् । त्यसैगरी आइसीयूम ५९ र भेन्टीलेटरमा १७ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *