देशभर ५७ जना कोरोना संक्रमित थपिए, १३३ जना निको भए


काठमाडौँ, १ फागुन । पछिल्लो चौविस घण्टामा देशभर थप ५७ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ३३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा १ हजार ९ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख १३ हजार ५ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ रहेको छ । क्वारेनटिनमा ८१ जना रहेका छन् । त्यसैगरी आइसीयूम ५६ र भेन्टीलेटरमा १७ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *