राष्ट्रिय स्वास्थ्यकर्मी संघको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न

दाङ, ३० माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, नेकपाका स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्य लगायतले सम्वोधन गरेका छन् ।

यस्तै स्वास्थ्यकर्मीहरुको तर्फबाट संघका केन्द्रीय उपाध्यक्ष रामहरि ढकाल र कर्णाली प्रदेश इन्चार्ज भिमराज सिंहले पनि भेलालाई सम्वोधन गरेका थिए ।

भेलाले रामवहादुर चन्द संयोजक, चिन्तामणि ज्ञवाली सह संयोजक र गोपीलाल वली सचिव सहित १०१ सदस्य समिति विस्तार गरेको छ ।

संघ पूर्व एमाले निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन हो । पछि एमाले र माओवादी पार्टी एकीकरण भएपनि स्वास्थ्यकर्मीहरुको संगठन भने एकीकरण भएको थिएन । तर अहिले पार्टी दुई धार हुँदा संघ भित्रैका केही पदाधिकारीहरु समेत विभाजित हुन थालेको बताइएको छ । आज भएको भेला प्रधानमन्त्री केपी शर्मा ओली निकट समूहको हो ।

भेलाका लागि प्रदेशका सबै जिल्लाबाट २५० बढीको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *