नेपाल परिवार नियोजन संघको महानिर्देशक पदमा डा नरेशप्रताप केसी नियुक्त

काठमाडौँ, ३० माघ । नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा नरेशप्रताप केसी नियुक्त भएका छन्। उनी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्।

यो पदका लागि उनीसहित ३९ जना प्रतिस्पर्धा गरेका थिए । त्यसमा केही विदेशीको समेत सहभागिता थियो । उनीहरुलाई पछि पार्दै डा केसी महानिदेशक बनेका हुन् ।

नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेका उनले स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालिन आपूर्ति व्यवस्था महाशाखा, व्यवस्थापन महाशाखा, परिवार स्वास्थ्य महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए।

‘नियुक्ति पत्र प्राप्त भएको छ । आगामी सोमबारबाट पद सम्हाल्छु’, डा केसीले भने ।

संघमा महानिर्देशक पद करीव ६ महिना देखि रिक्त थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *