देशभर १२७ जना कोरोना संक्रमित थपिए, १३६ जना संक्रमणमुक्त

- नेपाली हेल्थ


काठमाडौँ, ३० माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २७ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ३६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय २७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २१ लाख ११ हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । क्वारेनटिनमा ७९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।यी सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।


Facebook Comment


थप समाचार