सोमबार २२६ जना पत्रकारले कोरोनाबिरुद्धको खोप लगाए

काठमाडौँ, २६ माघ । पत्रकारहरुलाई खोप लगाउन शुरु गरिएको आज पहिलो दिन काठमाडौँ उपत्यकामा कार्यरत २२६ जना पत्रकारले खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल अस्पताल खोप केन्द्रमा सूचना विभाग प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र बोकेका २२६ जना पत्रकारहरुले खोप लगाएका हुन् ।

सिभिल अस्पतालमा विहान १० देखि अपरान्ह ३ : ३० बजेसम्म खोप दिइएको थियो ।

यसैगरी आजबाट पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत कर्मचारीहरुलाई खोप दिईदै छ । त्रिवि शिक्षण अस्पताल तथा शहीद गंगालाल हृदयकेन्द्र बाँसबारीमा राजदूतावास तथा कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुका लागि खोप दिन सुरु गरिएको छ । यो खोप अभियान आगामी शुक्रबारसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत १४ माघ देखि शुरु भएको खोप अभियानमा शुरुमा फ्रन्टलाइन हेल्थ वर्करहरुलाई खोप दिइएको थियो । गत शनिबारसम्म कुल १ लाख ८४ हजार ८५७ जनालाई लगाइ सकिएको छ ।

भारत सरकारले अनुदानमा उपलव्ध गराईएको १० लाख डोज कोभिसिल्डबाट अभियान जारी रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *