भेरी अस्पतालका चिकित्सक, नर्स र अनमी माथि दुव्यर्वहार

नेपालगञ्ज, २० माघ । भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथी ज्ञानेन्द्र शाहीको समूहले दुव्यर्वहार गरेको छ । अनुगमन गर्न भन्दै पुगेको समूहले डा विपिन आचार्य, अनमी देवा जिसी, अनमी कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्यमाथि दुव्यर्वहार गरेका हुन् ।

अस्पतालका प्रमुख डा प्रकाश थापाका अनुसार शाहीसंग आएको टोलीले अस्पतालको सम्वेदनशील क्षेत्रमा जवरजस्ती पसी हुल हुज्जत गरी चिकित्सक, अनमी र स्टाफ नर्समाथि दुव्यर्वहार गरेको बताए । उनले भने ‘पहिले ओपिडीमा रहेका नर्स तथा अनमी माथि दुव्यर्वहार गरेका रहेछन् । त्यो देखेर डाक्टर आचार्यले सम्झाउन खोज्दा उल्टै उनीमाथि नै हातपातको प्रयास भयो ।’

उनीहरुले किन १२ बजेसम्म मात्रै ओपिडी टिकट काटेको ? किन निशुल्क उपचार नदिएको ? सबै खालका सेवा किन सञ्चालन नगरेको जस्ता कुराहरु उठाई हो हल्ला मच्चाएको समेत बताए । ‘अस्पतालको नियम हुन्छ । सबै सेवा दिने क्षमता नहुन सक्छ । त्यस्तो कुरा त बुझिदिनु पर्‍यो,’ उनले भने।

उनले हातपात गर्नेमध्ये एक जना पक्राउ परेको र अन्यलाई पनि कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको बताए ।

उनले भने,‘ फरक(फरक समुहमा आएका थिए। ज्ञानेन्द्र शाहीले पहिला ती युवा आफ्नो समूहको नभएको दावि गर्नुभएको थियो। पछि फेरि हाम्रै समूहको अभियन्ता हुनुहुँदो रहेछ भनेर भन्नुभयो।’ ज्ञानेन्द्र शाहीले ती युवा आफ्नो समूहको भन्दै प्रहरी प्रशासनमा कुरा मिलाउने प्रयास गरिरहेको बुझिएको छ।

घटनापछि सोमबार नै नेपाल चिकित्सक संघ, नर्सिङ संघ लगायतका पेशागत संघ संस्थाले विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । घटना पछि अस्पतल हिजो तनावग्रस्त भएपनि आज भने सेवा सुचारु रहेको डा थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *