स्वास्थ्य पत्रकार मञ्चको अध्यक्ष पदमा रामप्रसाद न्यौपाने निर्वाचित


काठमाडौँ, १७ माघ । स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्ष पदमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । मञ्चको आज काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट न्यौपाने अध्यक्ष पदमा निर्वाचित भएका हुन् । न्यौपाने नेपाली हेल्थ डटकमका सम्पादक हुन् ।

त्यसैगरी मञ्चको उपाध्याक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । महासचिव पदमा भिषा काफ्ले, सचिव पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमल्सेना र स्नेहा कर्ण निर्वाचित भएका छन् ।

निर्वाचनमा कोषाध्यक्ष र आठ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । पदाधिकारी तर्फको चार पदमा भने निर्वाचन भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *