काठमाडौँ उपत्यकामा १५४ सहित देशभर थपिए ३३९ जना कोरोना संक्रमित


काठमाडौँ, १२ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५४ सहित देशभर थप ३ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय १ जना निको भएर घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ३९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४८ हजार ११३ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ । क्वारेनटिनमा १३२जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १३७ र भेन्टीलेटरमा १९ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *