काठमाडौँ उपत्यकामा १५४ सहित देशभर थपिए ३३९ जना कोरोना संक्रमित

116
Shares


काठमाडौँ, १२ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५४ सहित देशभर थप ३ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय १ जना निको भएर घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ३९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४८ हजार ११३ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ । क्वारेनटिनमा १३२जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १३७ र भेन्टीलेटरमा १९ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *