प्राडा भगवान कोइराला बिरामी, ह्याम्स हस्पिटलमा शल्यक्रिया गरियो

काठमाडौँ, ९ माघ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला बिरामी परेका छन् । उनको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ ।

ह्याम्स हस्पिटलका निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार उनको मिर्गौलामा पत्थरीको समस्या देखिएको छ । चिकित्सकहरुले उनको हिजो नै शल्यक्रिया गरि निकाली दिएका छन् ।

निर्देशक डा शर्माले भने, ‘डा कोइरालाको युरेटरमा सानो स्टोन आएर रोकियो । त्यसले दुखाई बढ्यो । पिसावमा संक्रमण देखियो । मिर्गौलाको कार्यमा समेत गतिरोध पैदा गरयो । त्यसैले लेजर प्रविधिबाट शल्यक्रिया गरी त्यसलाई निकालियो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उनले डा कोइरालाको उपचारमा प्राडा प्रेम ज्ञवाली , डा सुमन चापागाई र डा सुजित पौडेल सहित एनेस्थेसियामा डा मुरारी उप्रेती सहभागी रहेको समेत जानकारी दिए ।

डा कोइरालाको बुधबार एक्कासी समस्या देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *