
काठमाडौँ, ८ माघ । भारत सरकारको अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप कोभिसिल्ड काठमाडौँ आइपुगेको छ । एयर इन्डियाको उडानबाट खोप आज मध्यान्न १२ बजे १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
खोपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
खोप बुझेपछि नेपाली अधिकारीहरुले विमानस्थलस्थित स्टोर र टेकुस्थित खोप केन्द्रमा लगेका छन् ।