पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण

164
Shares

काठमाडोँ, १ माघ । पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ५ हजार ३२ जनाको परीक्षण गर्दा ४०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यहि अवधीमा ४०५ जना कोरोना संक्रमित निको भएका छन् । बिहीबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको समेत मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यका बिहीबार थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा २२० जना, भक्तपुरमा ३ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको थियो ।

पछिल्ला दिनमा कोरोना संक्रमणको परीक्षण, संक्रमित हुने दर र मृत्यु दर घट्दोक्रममा रहेको देखिएको छ । र संक्रमणमा परी उपचार गराएकाहरु निको हुने दर बढ्दो क्रममा देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *